दशैको नासो सुपथमुल्यको चामलपाउदा स्थानीय दंग

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक २ मुगु । हिमाली जिल्ला मुगुमा आईतवार बाट सुपथमूल्यकापसल संचालनमा आएको छ । खाद्यव्यवस्थातथाव्यापार कम्पनी लिमिटेड मुगुले नेपालीहरूकामहानपर्व दशैँ, तिहार नजिकिँदै गर्दा मुगुमा चाडपर्वलाई लक्षित गरी सुपथ मूल्यका पसल संचालनमा ल्याएको हो ।

दशैँको मुखमा यहाँकाउपभोक्ताले निजीपसलहरू माचर्को मूल्यहालेर खाद्यान्नउपभोग गर्न बाध्य रहेकाथिए , त्यस समस्यालाई मध्यनजर गरेर कम्पनीले सुपथमूल्यको पसल संचालनमा ल्याएको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड मुगुले जनाएको छ । कम्पनिका अनुसार थोरै मूल्य कम गर्दा यहाँका ज्याला मजदुरी गरी खाने, अति विपन्न नागरिकलाई केही राहतहोस भनि सुपथमुल्यको पसल सञ्चालनमा ल्याएको कार्यालय प्रमुख कर्ण बहादुर रावलले जानककारी दिए ।

उनले भने सहुलियत पसल संचालनका लागि २०० क्विन्टल खाद्यान्न स्वीकृत भएकाले १ सयक्विन्टल दशैँ र १ क्विन्टल तिहारका लागि बिक्री वितरण गरिने जानकारी दिए । उनले भने अहिले सहुलियत पसलमा २ प्रकारका मोटा र मकवानपुर नामक चामल विक्रिगरि रहेको छ भने जसमापहिला १४ सय ४० मुल्य पर्ने मोटा चामल सहुलियतमा १ हजार २ सय ९० माविक्रिगरिरहेको छ भने त्यस्तै मकवानपुर चामलपहिला १४ सय ६० मुल्य पर्ने सहुलियतमा १ हजार ३ सय २० माबिक्रिगरिरहेको उनले बताए । सहुलियत मुल्य पसलसको चामल छायानाथ रारा नगरपालिका वडा नं ४ का स्थानीय पृथ्वी बहादुर मल्लबाट सुभारम्भ गरि विक्रिगरिएको थियो । चामल ३० केजिको रहेको छ ।

जिल्लामा रहेकाखाद्य डिपो र बिक्री केन्द्रहरूमा खाद्यान्न रित्तिँदै गएपछि सदरमुकाम गमगढी बजारमा पसल संचालन गरिने भएको हो । जिल्लामा रहेका डिपोहरूमा खाद्यान्न रित्तिएपछि स्थानीय वासीहरू मर्कामा परेका छन् । दशैँ, तिहार तथा छठ पर्वको उपलक्ष्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुले आईतवार अर्थात २ गते देखि कार्तिक ६ गते सम्म सुपथ मूल्य पसल संचालन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस