जीप दुर्घटना एकको मृत्यु, एघार घाइते

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, लमजुङ । लमजुङको दोर्दी गाउँपालिका ४ सिख्रभिर नजिकै बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेंसीसहरबाट दोर्दी गाउँपालिका ५ पाचोक गाउँ जाँदै गरेको ग १ ज ७१२७ नम्बरको बोलेरो मंगलबार साँझ दुर्घटना हुँदा एघार जना घाइते भएका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी दोर्दी गाउँपालिका ५ छतीगाउँका ७० वर्षीया सुनी गुरुङको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चार जनाको टाउकोमा गम्भीर चोट लागेको छ । दोर्दी गाउँपालिका ५ का २० वर्षीय प्रकाश गुरुङ, ४८ वर्षीय पञ्चबहादुर तामाङ, १५ वर्षीय निराजन गुरुङ र १७ वर्षीय सुरेश गुरुङको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । यस्तै घाइते हुनेमा दुखित गुरुङ, दिपशन गुरुङ, चालक मक्कनसिंह गुरुङ, आशिका गुरुङ, मनिशा गुरुङ, निरञ्जन गुरुङ र निर्जला गुरुङ छन् । उनीहरुको लमजुङ जिल्ला सामुदायिक अस्पताल बेंसीसहरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार जीप करिव १० मिटर तल रहेको किसेदी खोलामा खसेको थियो । जीप सडकको कुनाबाट जानुपर्नेमा सडकको डिलबाट तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस