माइक्रोबस दुर्घटनाः एकको मृत्यु ,१० जना घाइते

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, तनहुँ । तनहुँको पर्यटकीयस्थल मानहुँकोट नजिकै माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १० यात्रु घइते भएका छन् ।

मानहुँकोट अवलोकनको लागि पोखराबाट जाँदै गरेको ग १ ख २९४२ नम्बरको पर्यटक चढेको माइक्रो बस मंगलबार बिहान ५ः ३५ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सूर्योदयको दृश्य अवलोकनको लागि उनीहरु बिहानै गएका थिए । दुर्घटनामा परी पोखरा महानगरपालिका–३२ वर्ष २८ की सुनीता गुरुङको घटनास्थलमै मृत्यु भएको छ । अन्य १० जना सोही ठाउँका घाइते भएका हुन् ।

पक्की सडक सकिएपछि कच्ची बाटोमा अगाडि बढ्दै गर्दा व्याक भएर ६ सय मिटर तल खसेर दुर्घटना भएको हो । माईक्रोवसका चालक वर्ष ३२ को नवीन पुनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको रानाभाटले जानकारी दिनुभयो । घाइतको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस