विश्वकप छनोट : अर्जेन्टिनाको तेस्रो जित

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, काठमाडौँ । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले तेस्रो जित हात पारेको छ । आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पेरुलाई उसैको मैदानमा २(० ले पराजित गरेको हो ।

अर्जेन्टिनाले दुवै गोल पहिलो हाफमा गरेको हो । छनोट चरणमा अपराजित यात्रा कयाम राखेको अर्जेन्टिना ४ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा छ ।अर्जेनटिना बाहेक ब्राजिल र पाराग्वे पनि छनोटमा अपराजित रहेको छ । लगातार चौथो जित हात पार्ने क्रममा उरुग्वेलाई २(० ले पराजित गरेको ब्राजिल १२ अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस