विश्वमा एकै दिन ४ लाख ५६ हजार बढीमा कोरोना पुष्टि

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, एजेन्सी । विश्वमा पछिल्लो २४ घण्टामा ४ लाख ५६ हजार ७५१ जनामा कोरोना पुष्टि भएक छ । विश्व स्वाथ्य संगठनका अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ४७ लाख ७१ हजार ८८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८७१ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख २४ हजार २४९ जनाको मृत्यु भइसकेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायतका देशमा भएको छ ।

प्रतिक्रिया दिनुहोस