पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, कास्की । कोरोना भाइरस संक्रमणबाट पोखरामा थप दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मणिपाल शिक्षण अस्पतालमा पोखरा ३ का ८३ वर्षका पुरुष र पोखरा १७ की ७८ वर्षिय महिलाको मृत्यु भएको हो ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ जना पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमणबाट गण्डकी प्रदेशको राजधानी पोखरामा मात्रै ६१ जनाको मृत्यु भइसकेको छ । स्याङ्जामा ५, म्याग्दीमा ३, तनहूँमा ४ जना संक्रमित भेटिएका हुन् । गण्डकी प्रदेशमा हालसम्म कूल संक्रमितको संख्या १० हजार ५३० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस