थप १ हजार ४४२ जनामा कोरोना संक्रमण

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगैं कुल संक्रमित संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जना डिस्चार्ज भएका छन् भने हालसम्म कुल निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको मन्त्रालयले जनाएको छ ।

हाल संक्रमण निको हुने दर ८५.८ प्रतिशत रहेको छ भने सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लासहित विभिन्न १३ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलालीमा ५०० भन्दा धेरै कोरोनाका सक्रिय संक्रमित रहेका छन् । हाल मनाङमा मात्रै शून्य संक्रमित रहेको छ । यसैबीच पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या १२५९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस