बालविवाह गर्ने र गराउने ४ जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ४, स्याङ्जा । १७ वर्षीया किशोरीसँग बाल विवाह गरेको अभियोगमा आँधीखोला गाँउपालिका-१ बस्ने २४ वर्षीय नारायण प्रसाद तिवारी र बालविवाह गराउने कार्यमा संलग्न तिवारीकै बुवा, आमा समेत ४ जनालाई गत असार ३१ गते प्रहरीले पक्राउ गरेको छ ।

२०७७ असार २१ गते ती किशोरीलाई विवाह गरेको भन्ने किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई विवाह सम्बन्धी कसुर अन्तर्गत ९वाल विवाह० मुद्धा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस