आजको मौसम : केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ३, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ। जसका प्रभावले हाल देशका अधिकांश भू-भागमा सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश न. ५ कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश तथा आसपासका भू-भागका मेघ गर्जन साहित केहि स्थानहरु (बढी सक्रिय जिल्लाहरु कन्चनपुर, डडेलधुरा,डोटी,कैलाली, बर्दिया, अछाम,सुर्खेत) मा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशका तथा सुदुरपश्चिम प्रदेशका एक र दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै राती देशभर सामान्यतया बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस