मुगुमा डिएसपि सहितअन्य ४ जनालाई कोरोना संक्रमण पुष्टि

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३, मुगु। मुगुमाकोरोनाभाईरस कोभिड १९ बाट ५ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाप्रहरी कार्यालय मुगुकाप्रहरी नायवउपरिक्षक सहित ५ जना सुरक्षाकर्मी लाई कोरोना संक्रमणको पुष्टि भएको हो ।

शनिवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मुगुबाट पिसिआर परिक्षणको लागि पठाईएका १९ वटा स्वावमध्ये उनी ५ जनाको कोरोना रिपोट् पोजेटिभ आएको जिल्लाप्रहरी कार्यालय मुगुका सुचनाअधिकारी भिमदत्त जोशिले जानकारी गराउनु भयो । उनअनुसार संक्रमण मध्ये एक जना प्रमुख जिल्लाअधिकारीका वडि गार्ड रहेका छन् भने त्यस्तै डिएसपिका बोडि गार्ड लाई पनि संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

 

त्यस्तै प्रहरी निरिक्षक १ जनापनि संक्रमण छन् भने एक जनाप्रहरी जवानलाई पनिकोरोना पुष्टि भएको जोशिले जानकारी गराएकाहुन । उनले भने कोरोनाभाईरस सम्बन्धि अरु लाई जनचेतना फैलाउदै गर्दा र अग्रपंक्तिमा खटि कामगर्दा अहिले उनीहरु लाई नै संक्रमण पुष्टि भएको बताएका छन् ।

हाल संक्रमण भएकाहरु सक्रमितहरु सेफ आईसोलेसनमा बसिरहेका छन् भने उनीहरुको स्वास्थ्यअवस्था सामान्य रहेको पनि जानकारी गराउनु भएको छ । साथै सिडिओ सहितअन्यको रिपोट आउन बाँकि रहेको जिल्लाप्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस