थप ३७९० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ३६ हजार नाघ्यो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३, काठमाडौँ। थप ३७ सय ९० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज १५ हजार ७ सय १४ जनामा परिक्षण गर्दा ३७ सय ९० जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ सय जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस