कालिका-मालिका मन्दिरको जग्गातीव्र अतिक्रमणमा

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक ३ मुगु । जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं १ मा रहेको सदरमुकाम गमगढी बजारको (बीच) मुटुमै रहेको प्रसिद्ध धार्मिक स्थलकालिमामालिकामन्दिरको नाममा रहेको जग्गादिन-प्रतिदिनतीव्र रुपमा अतिक्रमण भैरहेको पाईएको छ ।

कालिकामालिकामन्दिरको नाममा २०५२ सालमा सञ्चालनभएको नापीमा रहेको कितानम्बर १२ को २ हजार २ सय ४८ क्षेत्रफलमा रहेको जग्गा पछिल्लो समय मन्दिरको जग्गानजिकै दिनप्रतिदिननिर्माण भैरहेका घर जग्गाधनीहरूले अतिक्रमण गरिरहेका छन् ।

कालिका – मालिका दुवै देवीहुन्, कालिकालाइ रगतको भोग लाग्छ भने मालिकालाइ दूधभोग लाग्ने धार्मिक विश्वास रहेको छ । छत्यालको (मल्ल)को स्थापनादेखि नै कुल देवताको रुपमाकालिकामालिकामानिँदै आएको छ, अर्थात् राजकीय डाँडा भएको हुँदाकालिकामालिका ठूलो ठाँउ हो ।

हालको जिल्ला समन्वय समितिको कार्यालयदेखि, समन्वय क्याटरदेखि, राष्ट्रिय वाणिज्य बैंक, कर्ण रावलको घर लगायतवरिपरिको क्षेत्रमा रहेको चार किल्लाभित्रकालिकामालिकाको मन्दिर छ । साथै दमाया ढुक्सो, भिम सेन थानपनियहीजग्गाभित्र पर्छ । भूमाफियाहरू र २०५२ सालमानापीगर्ने कर्मचारीहरूको मिलोमतोमा ९ रोपनीभन्दा बढिरहेको जग्गाअतिक्रमणमा परेको भु.पु शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले जानकारी दिए।

पहिला ९ रोपनी ४ हजार क्षेत्रफलभन्दा बढी थियो, पछिल्लो नापी भैसकेपछि मन्दिरको जग्गा अतिक्रमण गर्नेहरुको विवरणसहित मन्दिरको कागजपत्र रहेको रेकर्ड फाईलमा राखेको उनले बताए । मन्दिर व्यवस्थापन समितिले केहीकुनै पहलवाचासो नदेखाएको र पछि आउने समिति कडा भएपछि कुनै पहल हुन्छ किभन्ने आश रहेको कालिकामालिकामन्दिरकापुजारी पूर्ण प्रसादचौलागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस