बेल्जियम यूईएफए नेसन्स लिग फुटबलको अन्तिम चारमा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४, एजेन्सी । बेल्जियम यूईएफए नेसन्स लिग फुटबलको अन्तिम चारमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति डेनमार्कलाई ४-२ गोल अन्तरले पराजित गर्दै बेल्जियमले नेसन्स लिगको अन्तिम चारमा स्थान बनाएको हो ।


घरेलु मैदानमा युरी टेलिमान्सले तेस्रो मिनेटमै गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । तर, खेलको १७ औं मिनेटमा डेनमार्कका जोनास विन्डले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । खेलको ५६ औं र ९६ औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई ३-१ को अग्रता दिलाए । खेलको ८६ औं मिनेटमा बेल्जियममा नासिर चाड्लीले आत्मघाती गोल गर्दा खेल ३-२ को अवस्थामा पुग्यो । खेलको ८७ औं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै बेल्जियमलाई ४-२ को जित दिलाए ।

बेल्जियमले अब फाइनल्स चरणमा फ्रान्स, इटाली र स्पेनसँग खेल्नेछ । फाइनल्स चरणका खेल २०२१ को अक्टोबरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस