दैलेखको गुराँस गाउँपालिका शिक्षा क्षेत्रको नमुना , निजी विद्यालयमा पढाए रू१० हजार जरिवाना

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ५, दैलेख । दैलेख गुराँस गाउँपालिकाले सरकारी सेवामा कार्यरत कर्मचारी, शिक्षकले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउँन नपाउने निर्णय गरेको छ ।

गाउँपालिकाको बैठकले विद्यालयमा कार्यरत शिक्षक, सार्बजनिक पद धारण गरेका व्यक्ति, सरकारी सेवामा कार्यरत् र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो । गाउँपालिकाले गरेको निर्णय कार्यान्वयन नगरेको खण्डमा कर्मचारी तथा शिक्षकलाई रू.१० हजार जरिवाना गर्ने निर्णय भएको जानकारी दिएको छ ।शिक्षामा एकरुपता ल्याउन, शिक्षाको गुणस्तर कायम गर्नुपर्ने नागरिकबाट गुनासो आएपछि यस्तो निर्णय गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

शिक्षा क्षेत्रमा रहेको विभेद अन्त्य गराउने उद्धेष्यले जरिवाना गर्ने सम्मको निर्णय भएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए । उनले पुनःबस्ने गाउँसभाबाट कानुनको रुपमा पारित गरिने बताए । गाउँपालिकाले गरेको निर्णय स्थानीयले निकै स्वागतयोग्य भएको बताएका छन् । चालु शैक्षिकसत्रबाट लागु हुने गरि उक्त निर्णय कार्यान्वयनमा आउन लागेको हो । गुराँस गाउँपालिका शिक्षा क्षेत्रको स्तर सुधार गर्नका लागि यस्तो निर्णय गर्नेमा जिल्लामै पहिलो बनेको छ ।

प्रतिक्रिया दिनुहोस