टिप्पर नियन्त्रणमा ड्राईभरहरुलाई क्वारेन्टाइन

Khabar24Nepal Author Logo..
सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असार ६, दाङ । बंगलाचुली गाउँपालिकाले घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरुलाई संचालनमा रोक लगाएको छ । कोरोना भाईरसले संसारलाई अस्त ब्यस्त पारिरहेको अवस्थामा बंगलाचुली गाउँपालिका पनि त्यसको मारमा परिरहेको अवस्थामा टिप्परहरु संचालन भएपछि थप संक्रमण बढ्न सक्ने भन्दै टिप्पर संचालनमा रोक लगाएको हो ।

लकडाउनका कारण चुनढुङ्गा ढुवानी नगरेको घोराही सिमेन्ट उद्योगले बंगलाचुली गाउँपालिका संग कुनै सम्पर्क सहमति बिनै आज सैयौ टिप्परहरु गाउँपालिका पठाएको थियो । त्यस लगतै आफुहरुलाई स्वाथ्यमा चुनौति थपिने भन्दै स्थानियले टिप्परहरु संचालन गर्न नहुँने भन्दै सडकमा आएर टिप्परहरु रोकेका थिए । बंगलाचुली गाउँपालिकाले पनि यसप्रकारको कार्यले स्थानिय जनतामा मानसिक तथा मनोबैज्ञानिक असर पर्ने भन्दै संचालनमा रोक लगाउने भएको हो ।

बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आज एक विज्ञप्ती जारी गर्दै घोराही सिमेन्ट उद्योगले बंगलाचुली गाउँपालिकासंग कुनै पनि प्रकारको सम्पर्क समन्वय नै नगरी उद्योगको चुनढुङ्गा ढुवानी गर्न एकाएक सयौँ टिप्पर बंगलाचुली प्रवेश गराएको भन्दै रोक लगाएको जानकारी गराउनुभएको छ ।

बंगलाचुली गाउँपालिकासंग कुनै सहमति बिनै गाउँपालिका प्रवेश गरेका दर्जनौ टिप्पर तथा टिप्पर चालकहरुलाई बंगलाचुली गाउँपालिकाको क्वारिन्टिनमा पठाईएको छ । उनिहरुलाई १४ दिन सम्म बंगलाचुली गाउँपालिकाको क्वारिन्टिनमा बसाल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस