तुलसीपुरको विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने

Khabar24Nepal Author Logo..
सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, दाङ । लामो समयदेखि प्रक्रियामा रहेको हवाई इन्धन डिपो स्थापना तिहार अगाडी नै टेण्डर प्रक्रियामा अगाडी वढेको फ्युल ट्यांक कहाँ राख्ने भनि स्थान छनोट भएपछि प्रक्रिया पुरा भएको हो । टरिगाउँ विमानस्थलको उत्तरतिर ७ कठ्ठा जग्गामा डिपो स्थापना हुने भएको छ ।

इन्धन डिपो स्थापनाका लागि नागरिक उड्डयन प्राधिकरणसँग प्रक्रिया समेत अगाडी वढेको नेपाल आयल निगमकी प्रवन्धक इन्दु शर्माले बताईन् । डिपो स्थापनाको अन्तिम प्रक्रियाका लागि तुलसीपुरमा आयोजना गरिएको बैठकमा नागरिक उड्डयन प्राधिकरण र उपमहानगरपालिकाले सहकार्य गरेर स्थान उपलब्ध गराउने भएको हो ।

प्रतिक्रिया दिनुहोस