ट्रकको ठक्करबाट बोटेचौरमा एक जनाको मृत्यु

Khabar24Nepal Author Logo..
मनोज डाँगी पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५ सुर्खेत । ट्रकको ठक्करबाट बोटेचौरमा एक जनाको मृत्यु भएको छ । छिन्चु–जाजरकोट सडक खण्डको बोटेचौरमा सल्लीबजारबाट छिन्चुतर्फ जाँदै गरेको ना ८ ख २३१४ नम्बरको ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश ट्राफिक प्रबक्ता प्रहरी निरीक्षक हरि पुन जानकारी दिएका छ्न ।

गुर्भाकोट नगरपालिका– ९ का ४८ धनबहादुर भण्डारीको मृत्यु भएको कर्णाली प्रदेश ट्राफिक प्रबक्ता पुनले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा सोही ठाउँका ८ वर्षीय बालक भीमबहादुर खड्का, एक वर्षीय बाल भुवन खड्का घाइते भएका छन् । घाइते दुवै जनाको उपचारको लागि नेपालगञ्ज लगिएको प्रबक्ता पुनको भनाई छ । दुर्घटना लगत्तै चालक फरार रहेको र उनको पहिचान नभएको खत्रीले बताए । ट्रकलाई प्रहरी चौकी मेहलकुनाले नियन्त्रणमा लिएर चालकको खोजी भइरहेको कर्णाली प्रदेश ट्राफिक प्रबक्ता प्रहरी निरीक्षक पुनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस