भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख ५८ हजार ४८३

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, एजेन्सी। भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख ५८ हजार ४८३ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ४५ हजार ५७६ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ५८५ कोरोना संक्रमितको मृत्यु भएको भारतमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ५७८ पुगेको छ । भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचिमा अमेरिका पछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस