झापाको शान्तालाई सहयोगको अपिल

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

मंसिर ५, झापा । कहिँ कतै कोहिबाट साहारा नभए पछि जिविकोपार्जनको निम्ती अर्काको घरमा काम गर्दै आफु र आफ्नो १४वर्षिय छोराको जिन्दगी चलाइरहेकी अवस्थामा घरको छतमा लुगा सुकाउदा २ तल्लाबाट खसेर झापामा भाडामा बस्ने शान्ता अधिकारीको मेरुदण्ड भाच्चिएको छ । सुरुका दिनमा उहाँको सानिमाले सहयोग गर्नुभयो तर आर्थिक अबस्थाका कारण यो सहयोगलाई उहाले निरन्तरता दिन सक्नुभएन ।

उहाँ सहाराबिहिन हुनुहुन्छ र उपचारमा समस्या रहेको जानकारी प्राप्त भएपछी झापाकै समाजसेबि बिनु दाहाल र बिराटनगमा बस्नु हुने राधा कट्टवाल भुजेल सहयोग जुटाउन सुरु गर्नु भयो। सुरु सुरुसुरुमा सहयोग कम आए पछि चितवनबाट दुखको साथी अभियानको संयोजक देविका कुवँरले साथ दिनु भयो । शान्ता अधिकारीको यो दयनीय अबस्थाको बारेमा थाहा पाएपछी काठमाडौबाट कमला लुइँटेल र नुवाकोटबाट अम्बिका पौडेल नेपाल पनी शान्ता अधिकारी बचाउ अभियानमा जोडिनुभयो।

प्यारालाइसिसको लक्षण देखि सकेको शान्ता अधिकारीलाइ ओत लाग्ने ठाउँ समेत खोज्नुपर्ने अभियानकर्मिहरुमा नया चुनौती थपिएको थियो । हस्पिटल बाट डिस्चार्ज गरेर कहाँ लैजाने , के खाने भनेर झन अर्को पीडा थपिएको कुरा उहाको १४ बर्षिय छोराले बताउनुभयो । राधा कट्वाल र बिनु दाहाल सहयोग संकलित रकम हस्तान्तरण गर्न जाँदा अस्पतालमा देखिएको त्यो कारुणिक दृश्यले उहाँहरुलाई पनि भावुक बनायो।

स्थानीय समाजसेवि शान्ता श्रेष्ठ र इन्द्र श्रेष्ठज्युले डाक्टर सँग सबै कुरा बुझेर उहाँको उपचारमा धेरै नै छुट गर्न बिर्ता सिटी हस्पिटलमा अनुरोध गर्नु भयो र छुट भयो पनि यति मात्र होइन समाजसेवी इन्द्र श्रेष्ठले बिरामी बोक्ने एम्बुलेन्सको लागि इन्धन खर्च समेत आफै बेहोर्नु भएको थियो । हाल शान्ता अधिकारीलाई बस्नको लागि शान्ता अधिकारीकै ठुलोबुवा पर्नुहुनेकोमा व्यवस्था मिलाईएको र उहाँको घाउमा ड्रेसिङ गर्ने स्वस्थ्य कर्मिको व्यवस्था मिलाइएको छ । शान्ता अधिकारी बचाउ अभियान निरन्तर चलि रहनेछ।बुधबारसम्म रु.३६५०५. ( रकम उठेको र सो रकम हस्तान्तरण गरिएको छ । उहाको छोरा र शान्ता अधिकारी बचाउ अभियानका अभियानकर्ताहरुले सहयोगी मनहरुमा सहयोगको हार्दिक आह्वान गर्नुभएको छ ।

(हजुरहरुको चासो , जिज्ञासा र विश्वास गरि सहयोग गर्नु हुनेको लागि।र हजुरहरुकै अनुरोधमा Bank Sunrise Name = Devika kunwar खाता नम्बर =0170496694202001 नाम Radha Katwal Bhujel इसेवा नाम Anil bhujel नम्बर 9813216846 बैंक NIC एसिया नाम Radha Katwal खाता नम्बर 0287916072524001 विराटनगर इसेवाको लागी Binu Dahal नम्बर इसेवाको लागि नाम=Kamala Luitel Kuikel नम्बर = 9841976259 काठमाडौं इसेवाको लागि नाम Ambika paude नम्बर = 9843321767)

प्रतिक्रिया दिनुहोस