अन्सारी आठ वर्षपछि पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, जनकपुरधाम । प्रहरीले जीवच्छ अन्सारीलाई अपहरणपछि विद्यार्थीको हत्या गरिएको मुख्य योजनाकारलाई आठ वर्षपछि पक्राउ गरेको छ ।

अन्सारीलाई महोत्तरीको सिमाना क्षेत्रबाट पक्राउ गरेको २ नं. प्रदेश प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अन्सारी महोत्तरीको एकडारा गाउँपालिका ३ भटौलिया निवासी हुन् । अन्सारीमाथि अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र नक्कली प्रमाण पेश गरेर नागरिकता लिएको तीन उजूरी परेको छ ।

२०६९ साल चैत ४ सोनमा गाउँपालिका १ सुन्दरपुरका २२ वर्षीय पंकज यादवलाई अन्सारीको समूहले अपहरण पश्चात परिवारजनबाट ७ लाख फिरौती लिएका थिए । आफ्नो समूहको पोल खुल्ने डरले अपहरणपछि पंकजको छुराले गर्दन रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । फिरौती असुलीपछि पोल खुल्ने डरले अन्सारीको समूहले उनको हत्या गरेको पक्राउ परेकाहरूले बयान दिएका छन् ।

पंकजको अपहरण तथा हत्या घटनामा ६ जना सहभागी थिए । सिरहाको अर्नमाका गणेशकुमार सिंह महतो, धनुषाको भरतपुरका कुशेश्वर ठाकुर, सखुवा महेन्द्रनगरको विक्रु भन्ने कृष्णा कुमार पुर्वे, ठेगाना नखुलेका राजु सिंह र श्याम मिश्रासहित अन्सारीले पंकजको अपहरण पश्चात निर्मम हत्या गरेका थिए । जलेश्वर नगरपालिका ४ स्थित अन्सारीले आफ्नै घरबाट अपराधी समूह चलाउँथें । त्यहीबाट पंकजको अपहरण गर्ने योजना बनेकोे थियो ।

प्रतिक्रिया दिनुहोस