पोखरामा एकै दिन सात जनाको कोरोनाबाट मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, कास्की । पोखरामा कोरोनाका कारण थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका १ सहित पोखरामा थप ७ जनाको ज्यान गएको हो ।

पोखारा २७ का ७१ वर्षीय वृद्धको र पोखरा ८ का ५४ वर्षीय पुरुषको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । यस्तै पोखरा ९ का ६८ वर्षीय पुरुष, पोखरा २१ का ७५ वर्षीय पुरुष, पोखरामा २९ वर्षीय पुरुष, पोखरा १३ का ५५ वर्षीय पुरुष पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

तनहुँका १ जनाको समेत पोखरामा नै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका वडा नम्बर ४ का ५१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट गण्डकी मेडिकल कलेजमा आज बिहान साढे ९ बजे ज्यान गएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस