सेती प्रादेशिक अस्पतालमा उपचारत दुई कोरोना संक्रमितको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, कैलाली । सेती प्रादेशिक अस्पतालका अनुसार कैलालीमा कोरोना संक्रमित थप दुई जनाको शुक्रबार मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका(७ की ७५ वर्षकी एक वृद्धा र धनगढी उपमहानगरपालिका-५ का ५५ वर्षका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो । अस्पतालका अनुसार मृतक बृद्धा दीर्घरोगबाटसमेत ग्रसित हुनुहुन्थ्यो । कात्तिक २९ गतेबाट भेन्टिलेटरमा राखेर उपचार थालिए पनि उहाँको मृत्यु भएको हो । यसैगरी धनगढीका पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको छ ।

मृतक पुरुष पनि दीर्घरोगी हुनुहुन्थ्यो । कात्तिक २५ गतेबाट भेन्टिलेटरमा राखेर उहाँको उपचार थालिएको थियो । यो सङ्गै सुदूरपश्चिममा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस