बैतडीमा मृतावस्थामा भेटिए ११ गाई

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, बैतडी । बैतडी जिल्लामा आज ११ गाई मरेको अवस्थामा फेला परेका छन् । पुर्चौंडी नगरपालिका वडा नं ६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा मृत गाई फेला परेका हुन् ।

बैतडीका पुर्चौंडी नगरपालिकाका मेयर रण बहादुर कुबँरले आफ्नो नगरपालिकाको गाई नभएको बताउदैं गाई कहाबाट कसले ल्याए भन्ने छानबिन भईरहेको बताए । उनले तराईका पालिकाहरु तिरबाट उक्त स्थानमा गाई ल्याई मारेको हुनसक्ने बताए । उनले पुलिस चैकी नजिकै भएपनि पुलिसले पनि थाहा नपाएको जनाउर्दै स्थानियहरुसँग सोधपुछ हुदैं गरेको बताए । यस्तै पुर्चौंडी नगरपालिकाको उप प्रमुख जानकी बमका अनुसार मरेका गाई पाटन नगरपालिकाबाट पुर्चौंडीकै लक्ष्मण पार्की र सुरेन्द्र पार्कीले छाडा गाईगोरु व्यवस्थापनका लागि प्रतिगाई रु दुई हजार ५०० का दरले लिएर गई पुर्चौंडी वडा नं ६ मा लगि भिरबाट खसालेको बताउनु भयो ।

पुर्चौंडी–६ को मुडेलीका ८० घरपरिवार र एक विद्यालयले त्यही मुहानको पानी प्रयोग गर्दै आएका थिए । गाउँमा आउने खानेपानीको मुहानमा मृत गाई भेटिएपछि खानेपानीको समस्या भएको स्थानीयवासीले बताए । नगरपालिकाको कुवाकोट–सुवालेक सडकखण्ड नजीकै रहेको पानीको मुहानमा गाई मृतावस्थामा भेटिएकाले सडकबाटै फालिएको हुन सक्ने स्थानीयवासीले अनुमान गरेका छन् । पानीको मुहानमा मृतावस्थामा गाई भेटिएपछि प्रहरी टोली त्यसतर्फ पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस