शिवराज जङ्गको मर्मस्पर्शी गीत”मुना” सार्वजनिक ( भिडियाे)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौं । गायक शिवराज जङ्गको मर्मस्पर्शी गीत”मुना” सार्वजनिक भएको छ। आफ्नो घरायसी तथा व्यवहारिक समस्याका कारण बाध्यतावश् वैदेशिक रोजगारका लागि विदेशिनुपर्दा आफ्नो श्रीमती तथा परिवारलाई सम्झाई, बुझाइ गरि आफ्नो मनमा पीडा बोकेर हिँड्नुपरेको कथा, व्यथा समेटेर तयार पारिएको गीतमा मुना मदनको कथाको झझल्को आउँछ।

गायक स्वयं शिवराजकै रचना तथा संगीत रहेको गीतमा संगीत संयोजन गीतार मञ्जिल विक्रम के.सी.को रहेको छ भने कलाकारहरु सन्दीप श्रेष्ठ र अनु थापा मगरले अभिनय गरेका छन् ।

गीतको छायांकन ज्ञान चौलागाईंले गरेका हुन भने भिडियो निर्देशन तथा सम्पादन नवीन भट्टको रहेको छ । यसलाई फोरक्युवइन्टरटेन्मेन्ट्बाट निर्माण गरिएको हो।

गीतको भिडियोलाई डि.ए.आर. मुभीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस