चितुवाको छालासहित बुटवलबाट ४ जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, रूपन्देही । चितुवाको छालासहित बुटवलबाट ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मी दरबार गाउपालिका वडा नं ४ बस्ने बर्ष २२ को बिमल मगर, रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं ७ बस्ने बर्ष ३० को बिश्व भट्टराई,गुल्ली दरबार गाउपालिका वडा नं ४ बस्ने बर्ष २४ को संजिव पेमी र गुल्मी दरबार गाउपालिका वडा नं ४ बस्ने बर्ष १८ को बिशाल राना मगर रहेका छन् ।

उनीहरूको साथबाट दुर्लभ संरक्षित वन्य जन्तु चितुवाको छाला ६ फिट लम्बाई १ फिट ३ ईन्च चौडाई भएको १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस