स्रोत नखुलेको १६ लाख रुपैयाँसहित दुई जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाँउपालिका–३ स्थित सीमा ईलाकाबाट बिहीबार एपीएफ टोलीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर बताउने २४ वर्षीय हरिदर्शन बनियाँ र ४९ वर्षीय बिनोद बनियाँ छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले शंका लागेर जाँच गर्दा उल्लेखित रुपैयाँ फेला परेको हो । त्यसबेला उनीहरुले उक्त रकमको स्रोत खुलाउन नसकेपछि सो रकमसहित पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका उनीहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस