• २०८० चैत्र १६ गते शुक्रवार

आज २८५५ औँ सोनाम ल्होछार मनाइँदै, प्रदेश ३ मा सार्वजनिक बिदा

पढ्न लाग्ने समय : १ मिनेट

२२ माघ, काठमाडौँ । आज २८५५औँ सोनाम ल्होछार अर्थात् तामाङ समुदाएले माघ शुक्ल प्रतिपदाका दिन मनाउने नयाँ वर्ष पर्व  विविध कार्यक्रमकाे आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानकर्ताहरू बताउँछन् ।

बिरालो, भेडा, मुसा, गाई, बाघ, गरुड, सर्प, घोडा,  बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको मूल आयोजक समितिकी वरिष्ठ उपाध्यक्ष बेली लो तामाङले बताइन् । यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाइएको छ ।

सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिने जनाइएको छ । आज दिउँसो १ बजे टुँडिखेलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको मूल आयोजक समितिले जनाएको छ । यस अवसरमा आज ३ नं प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस