आफ्नै छोरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, ताप्लेजुङ । आफ्नै छोरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा फुङलिङ नगरपालिका-४ रिजाल चोक बस्ने ३२ वर्षीया पुजा चेन्जुङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
चेन्जुङले आफ्नै ४ वर्षीया छोरी मनिका लिम्बुलाई सामान्य झगडा गरेको बिषयमा कुटपिट गर्दा गम्भीर घाइते भएकी उनलाई जिल्ला अस्पताल इलाम लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस