• २०८१ बैशाख ४ गते मङ्गलवार

नेपाल पुलिसले विभिन्न स्थानबाट लागूऔषध सहित ८ जना पक्राउ

पढ्न लाग्ने समय : २ मिनेट

काठमाडौ , १७ फागुन । नेपाल पुलिसले विभिन्न स्थानबाट लागूऔषध सहित ८ जना पक्राउ गरेको छ । जसअनुसार बीरगंज महानगरपालिका१६ रजतजयन्ती चोकबाट काठमाडौं महानगरपालिका(१० बस्ने रितिलबहादुर शाही सहित २ जनालाई नियन्त्रित लागूऔषध डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल, नुर्फिन ५० एम्पुल र नाईट्रोभेट १५ ट्याब्लेट सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित प्रहरी चौकी ईर्नवा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बीरगंजको संयुक्त प्रहरी टोलीले जाँच गर्दा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, भक्तपुर, चाँगुनारायण नगरपालिका(६ खरीपाटीबाट जडिबुटी बस्ने उदयपुर बेलका नगरपालिका(४ गौरीचौर घर भएका २३ बर्षीय गोविन्द कुमार गिरी समेत ५ जनालाई अवैध लागूऔषध गाँजा करिब ३ किलो सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग खरीपाटीबाट खटिएको प्रहरी टोलीले नगरकोटबाट भक्तपुरतर्फ जाँदै गरेको बा।१ ज ५२६२ नम्बरको सुमो गाडी जाँच गर्ने क्रममा डिक्कीमा रहेको २ वटा झोलामा उक्त लागूऔषध फेला पारि चालक गिरी सहित उनीहरुलाई पक्राउ गरेको हो ।

सुर्खेत, बिरेन्द्रनगर नगरपालिका(४ भैरवस्थान बस्ने ३० वर्षीय नरबहादुर नेपालीलाई ३ वटा सानो पुरीयामा रहेको अवैध लागूऔषध ब्राउन सुगर सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले सोही नगरपालिका(५ स्थित काठपुल नजिकबाट उक्त लागूऔषध सहित उनलाई फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस