• २०८० चैत्र १५ गते बिहिवार

पुर्वप्रहरी जनसभा हल निर्माणार्थ सहयोग संकलन

पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा

फागुन २१ ,दाङ । नेपाल पुर्वप्रहरी संगठन जिल्ला कार्यसमिति दाङले घोराही उपमहानगरपालिका १४ मा निर्माण गर्न थालेको पुर्वप्रहरी जनसभा हलको निर्माणका लागि सहयोग संकलन हुने क्रम जारी छ । यसैक्रममा पुर्व प्रहरी उपरिक्षक रामशरण थापाको छोरा श्रीशरण थापाले एक लाख एक हजार एक सय एघार रुपैया सहयोग गर्नुभएको छ ।

यस्तै संगठनका सल्लाहकार तेजबहादुर थापाले पनि १५ हजार रुपैँया सहयोग गर्नुभएको छ । सम्पुर्ण जनताको अपनत्व हुने किसिमले सभा हल निर्माण गर्न थालेको जिल्ला अध्यक्ष रोबरबहादुर बस्नेतले बताउनुभयो । उहाका अनुसार भवन निर्माणका काम चलिरहेको छ । भवन निर्माणका लागि पुर्वप्रहरी, विभिन्न समाजसेवीहरुबाट सहयोग संकलन भैरहेको र विभिन्न ब्यक्तिहरुले सहयोगको प्रतिबद्धता समेत दिईसकेको अध्यक्ष बस्नेतले बताउनुभयो ।

पुर्वप्रहरी संगठन दाङले घोराहीमा एक कार्यक्रमको आयोजना गरेर आर्थिक सहयोग गर्नुहुने श्रीशरण थापा र तेजबहादुर थापालाई सम्मान गरिएको छ । अध्यक्ष बस्नेतले आर्थिक सहयोग गर्ने श्रीशरण थापा र तेजबहादुर थापालाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । यस्तै पुर्वप्रहरी परिवार युवा संगठनका उपाध्यक्ष धु्रव केसी घोराही खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कोषाध्यक्षमा र पुर्वप्रहरी खुमा खड्का खानेपानी संस्थाको महिला सदस्य पदमा निर्वाचित भएको भन्दै सम्मान गरिएको छ ।

जिल्ला अध्यक्ष रोबरबहादुर बस्नेतको अध्यक्षता तथा दाता श्रीशरण थापाको प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो । कार्यक्रममा पुर्वप्रहरी परिवार युवा संघका अध्यक्ष रमेश थापा, संगठनका पुर्वअध्यक्ष कृष्णबहादुर केसी, पुर्वडिएसपी पुर्ण भण्डारी लगाएतले बोल्नुभएको थियो । पुर्वअध्यक्ष कुलबहादुर रावतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल पुर्वप्रहरी युवा संगठनका जिल्ला सचिव नवीन अभिलाषीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस