• २०८० चैत्र १५ गते बिहिवार

इलेक्ट्रिकल फोरमेन वलदेव गिरीको सेन्टअप टेष्टको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली

पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, पोखरा । नेपाल विद्युत प्राधिकरण अन्तर्गत सेती फेवा पावरहाउस, पोखरामा कार्यरत इलेक्ट्रिकल फोरमेन (तह ४) वलदेव गिरीको सेन्टअप टेष्टको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली फेला परेको छ ।

प्रमाण पत्र नक्कली रहेकोले छानबिन गरी कारबाही गरीपाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज वलदेव गिरीले इलेक्ट्रिकल फोरमेन पदमा बढुवा हुने प्रयोजनको लागि नक्कली प्रमाणपत्र पेश गरेका हुन । श्री नन्दी माध्यमिक विद्यालय, नक्साल, काठमाडौंबाट प्राप्त सेन्टअप टेष्टको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी बढुवा समेत भई सरकारी लाभ सुविधा लिई भ्रष्टाचार गरेकाले आज विशेष अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस