सिसडोलमा स्थानीयले गरेको अवरोध हटेयो

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, नुवाकोट । काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थल सिसडोलमा फोहोर लिएर गएको मिनी ट्रकको ठक्करबाट मृत्यु भएका बालकका परिवारलाई २२ लाख क्षतिपूर्ति दिने सहमति पछि स्थानीयले गरेको अवरोध हटेको छ ।

ओखरपौवाका १३ वर्षीय संजोग नेपालीलाई ललितपुरबाट गएको बा ४ ख ९६४७ नम्बरको मिनी ट्रकले ठक्कर दिएकोमा उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो । घटनामा घाइते भएका उनका भाई १२ वर्षीय राजन नेपालीको काठमाडौंस्थित ग्राण्डि अस्पतालमा उपचार भइरहेको छ ।

सिसडोलमा भएको वार्तामा काठमाडौं र ललितपुर महानगरपालिकासहित फोहोर उठाउने निजी कम्पनी सहित टोली मृतकका परिवारलाई क्षतिपूर्ति दिन सहमत भएका हुन् ।

सहमति अनुसार अबको ३५ दिनभित्र दुई महानगरपालिकालले १५ लाख गाडीधनी कम्पनीले किरियाखर्च र घाईते बालकको उपचारका लागि ७ लाख रुपैयाँ उपलब्ध गराउनेछ । साथै घाईते बालकलाई कक्षा १२ सम्म पढाउनुपर्ने सहमति पनि छ ।

प्रतिक्रिया दिनुहोस