• २०८१ बैशाख ६ गते बिहिवार

प्रदेश नम्बर २ मा भोलि सार्वजनिक बिदा

पढ्न लाग्ने समय : १ मिनेट

 बैशाख २९ ,धनुषा । प्रदेश नम्बर २ सरकारले जानकी नवमीको अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ ।

वैशाख शुकल नवमीका दिन पर्ने जानकी नवमीलाई यस वर्ष जनकपुरधाममा महामहोत्सवको रुपमा मनाइँदैछ । साताव्यापी रुपमा मनाइने महामहोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरुले सहभागिता जनाउने बताइएको छ ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीको अवसरमा शुभकामना दिँदै जानकी नवमीले धार्मिक आस्थाका साथै जनकपुर र प्रदेश नम्बर २ को गरिमालाई समेत विश्वमा स्थापित गर्ने भएकाले यसपर्वको गरिमाको संरक्षण, संवर्द्धन र प्रचार प्रसारमा प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस