नक्कली नोटसहित पाकिस्तानी नागरिक विमानस्थलमा पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १०, काठमाडौँ । पाकिस्तानबाट नेपाल आएका पाकिस्तानी नागरिक नसिरुद्धिनलाई ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित नेपाल प्रहरी र विमानस्थल भन्सारको स‌ंयुक्त टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

उनको साथमा रहेको सुटकेसमा २ हजार दरको नोटको बण्डलहरु रहेको बताइएको छ । पाकिस्तानी नागरिक नसिरुद्धिनको नेपालमा नक्कली भारतीय नोटको कारोबारमा पक्राउ परेर छुटेका युनिस अन्सारीसँग सम्बन्ध रहेको दाबी प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस