• २०८१ बैशाख ६ गते बिहिवार

आफ्नै छोरीलाई खुर्पा प्रहार गरेको अभियोगमा पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
जेठ २१, धादिङ । आफ्नै १९ वर्षीया छोरी सुनिता ओस्तीलाई धारिलो हतियार खुर्पा प्रहार गरेको अभियोगमा निलकण्ठ नगरपालिका-१४ आमबोटे बस्ने ४५ वर्षीय बलराम ओस्तीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनले आफनै छोरी सुनिता ओस्तीलाई खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुंवाकोटबाट खटिएको प्रहरीले बलरामलाई पक्राउ गरेको हो । घाइते सुनितालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पालेबन लगिएकोमा थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौं रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
प्रतिक्रिया दिनुहोस