बाँके ट्राफिक प्रमुखमा बम, बाँके प्रहरीमा रोकाय : स्वागत र बिदाई एक दिनमा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

सागर थापा /महेन्द्र सिंह

प्रहरी निरीक्षक हिरेन्द्र रोकायाको काज सरुवा भएको छ। जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुखमा प्रहरी निरीक्षक पबिन्द्र बम आएका छन् । त्यस्तै एक बर्ष बाँके ट्राफिक प्रमुख भएर कार्य गरेका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाको जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भएको छ।

असल छबीका निरीक्षक रोकाया बाँके ट्राफिकमा बस्दा करोडौंको राजस्व संकलन समेत गरिसकेका छन् । रोकाया आए सगै बाँकेमा दुर्घटना सम्बन्धी सचेतना सन्देश झल्न्किने डिस्प्ले बोर्डहरु समेत सडकहरुमा राखेका थिए। नेपालगन्ज उपमहानगरपालिका भित्र नो हर्न जोन समेत घोषणा गरेका हुन् । संगठनभित्र अब्बल छवि बनाएका निरीक्षक रोकायाले जिल्लामा सवारी साधनका चालकहरुको स्वास्थ्य परिक्षण सम्बन्धी कार्यको समेत सुरुवात गरेका हुन् । बाँके ट्राफिक प्रमुख भएर आएका निरीक्षक बम प्रहरी प्रतिस्थान महाराजगन्जबाट आएका हुन् ।

प्रतिक्रिया दिनुहोस