मोरङमा भरुवा बन्दुक सहित २ जना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

साउन ११  मोरङ । कानेपोखरी गाउँपालिका-५ जहदा बस्ने २६ वर्षीय धन केशर राई र उर्लाबारी नगरपालिका-४ बस्ने ४४ वर्षीय शम्भु गहतराजलाई लोड अवस्थामा रहेको भरुवा बन्दुक २ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कानेपोखरी गाउँपालिका-७ स्थित जनजागृती सामुदायिक वनमा अस्थायी प्रहरी चौकी कानेपोखरी, ईलाका वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधीहरुको संयुक्त टोलीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस