Banner News कृषि प्रदेश १ समाचार

ब्यस्त छन् किसान अलैचीको टिपाइमा : मुल्य थाहा पाउन एस.एम एस

  • गोबिन्द पौडेल, इलाम समाचारदाता

साउन ३०, इलाम । यस बर्षको अलैची टिपाइको काम शुरु भएसगै बजारको मुल्य घरैबाट थाहा पाइने गरेको छ । साउनको पहिलो साताबाटै शुरु भएको अलैची टिपाइ कछाडबाट क्रमस पहाडतिर गरिने गरेको छ । तातो हावापानी भएका स्थानका कतिपय किसानले त अलैची टिपेर बजारसम पुर्याएर बेची सकेका छन् ।

उच्च मुल्य रहेरपनि बजार मुल्य थाहा नपाउदा ब्यपारी र बिचौलिया बाट ठगिएको गुनासो गर्ने गरेका किसानहरुले अलैचीको बजार मुल्य एस एम एस बाटनै थाहा पाउने भएका छन् । अलैचीको मुल्य र गुणस्तको बारेमा त्रियाशिल रहेको नेपाल अलैची ब्यवसायी महासंघले अलैचीको प्रचलित मुल्य थाहा पाउने ब्यवस्ता गरेको भएपनि किसानहरुले जानकारीनै पाउन नसकेको कारण अन्योल रहेको अवस्थामा मोबाइलको म्यासेज बक्समा गएर ifa ach btm लेखेर 34001 मा एस एम एस गरे अलैचीको मुख्य कारोबार हुने झपाको बिर्तामोडमा प्रचलित बजार मुल्यको बारेमा थाहा पाइने र ifa ach लेखेर 34001 पठाएमा इलाममा रहेको प्रचलित मुल्य थाहा पाउने गरिएको छ ।

किसानहरुले थाहा पाउन बजारै गएर बुझ्नु पर्ने र बेला बखतमा त आफूहरु निक्कै ठगिएको महसुस हुने भएकोमा आफूहरुलाइ केही राहत मिलेको रोङ ६ रम्भ्याङ्गका किसान गणेश राइको भनाइ रहेको छ । बजारको ठ्याकै मुल्य नहुने महशुस गरेका किसानहरुले अलैची ब्यवसायिले तोकेको मुल्य भन्दा बजार मुल्य केही माथीनै हुने गरेको समेत अनुभव गरेका छन् तथापी अलैची ब्यवसायी महासंघले गरेको मुल्य जानकारीको प्राबधान किसानहरुको हितमा नै रहेको किसानहरुको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *