बर्दियामा बाघको आक्रमणबाट १ को मृत्यृ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 

भाद्र ८, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ ।मृत्यृ हूने ठाकुरबाबा नगरपालिकाका–१, भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारू रहेका छन् ।

आज बिहान ७ः३० बजे बाघको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाको जानकारी अनूसार बिहान बंगूरलाई दाना हाल्दै क्रममा थारु लाई एक्कासी पाटेबाघले आक्रमण गरेको बताउनु भयो बर्दियामा केही दिनयता वन तथा निकुञ्जबाट बाहिर निस्केर बाघले आक्रमण गर्ने क्रम बढेको स्थानीय बासिन्दाहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस