प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार शुक्रबारबाट थालिएको छ । प्रधानमन्त्री सचिवालयले प्रम को अवस्था सामान्य रहेको जनाएको छ ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्लाज्मा फेरेसिस प्रक्रियामार्फत प्रधानमन्त्री ओलीको उपचार थालिएको जानकारी दिइन् । अरू केहीपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने बताए पनि उनले कतिपटक यस्तो गर्नुपर्छ भन्नेबारे केही खुलाइनन् । प्रधानमन्त्री ओलीको मिर्गौलामा एन्टीबडीको मात्रा बढेको छ । मिर्गौलामा यसरी बढेको एन्टीबडी कम गर्न प्लाज्मा फेरेसिस् उपचार पद्दति अपनाइन्छ ।चिकित्सकका अनुसार, प्लाज्मा फेरेसिस उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्छ ।

शुक्रबार पहिलोपटक यो प्रक्रिया थालिएकाले उनलाई कतिपटकसम्म गर्नुपर्ने हो निश्चित भइसकेको छैन । शुक्रबार पहिलोपटक यो प्रक्रिया थालिएकाले उनलाई कतिपटकसम्म गर्नुपर्ने हो निश्चित भइसकेको छैन ।मिर्गौलाको समस्याले पीडित प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार, गत बिहीबार सिंगापुर प्रस्थान गरेका थिए । उनको अहिले नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । विभिन्न प्रयोग र परीक्षण गर्नुपर्ने भएकाले उनको उपचारमा थप केही समय लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस