• २०८१ बैशाख ६ गते बिहिवार

सुनिलस्मृति अध्यक्षद्धारा हरितालिका तिजको शुभकामना

पढ्न लाग्ने समय : १ मिनेट

भदौ १५, रोल्पा । सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले आइतवार हरितालिका तिजको अवसरमा नेपाली हिन्दु महिला दिदीबहिनीहरुलाई हरितालिका तीज–२०७६ को पावन अवसरमा देश विदेशमा रहनुहुनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष घर्तीले शुभकामनामा भन्नुभएको छ यस पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र समृद्धिका लागि ब्रत बसेर भगवान शिव–पार्वतीको पूजा आराधना गर्ने गर्दछन् । बहुजाति, बहुभाषा, बहुसँस्कृति आदिले विविधतायुक्त यस गाउँपालिका तथा हाम्रो मुलुकमा यी र यस्ता पर्वले सबै नेपालीहरुलाई एकताको सूत्रमा आवद्ध गरी विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पुगिरहेको तथा एकापसमा खुसी र मनोरञ्जन साटासाट गर्ने अवसर समेत प्रदान गरेको बताउनु भएको छ ।

पछिल्लो समय पर्वहरुको रुपमा देखिदै आएको खर्चिलो तथा तडकभडकले नेपाली समाजमा केहि नराम्रो विकृतिहरु फैलिदै गइरहेको पाइन्छ, त्यसैले यसको न्यूनिकरण गर्दै कमभन्दा कम खर्चमा एक अर्का विच खुसियाली बाड्दै चाडपर्वहरु मनाउ समेत आग्रह गर्नुभएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस