सडक दुर्घटनामा परी अमेरिकामा तीनजना नेपालीको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १९ काठमाडौँ, । अमेरिकामा मंगलबार सडक दुर्घटनामा परी नेपालबाट घुम्न गएका बा गोविन्द खनाल, आमा शान्ता खनालसहित छोरी श्रद्धा खनालको सडक दुर्घटनामा मृत्यु भएको हो ।अमेरिकामै रहेकी श्रद्धाका आमाबुवा नेपालबाट घुमघामका लागि केही समयअघि माञ अमेरिका पुगेका थिए । श्रद्धाका पति प्रभाश ओझाले कार हाँकिरहेको वेला सो कार दुर्घटनामा परेको हो । चालक ओझा घाइते भएका छन्, उनीसँगै ४ वर्षीय छोरा पनि घाइते छन् ।

घाइते बाबुछोराको स्थानीय अस्पतालमै उपचार भइरहेको जनाइएको छ ।प्रहरीको अनुसार टोयोटा आरएभी ४ मोडलको आफ्नै कार हाँकेर चालक प्रभाश परिवारजनलाई लिएर मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्वतर्फ गइरहेका थिए । कार रोकिराखेका थियो तर पछाडिबाट आएको टोयोटाकै पिकअप ट्रकले सो कारद्याई ठक्कर दिँदा दुर्घटनाग्रस्त हुन पुग्यो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस