• २०८१ बैशाख १४ गते शुक्रवार

मेस्सीले जिते ‘बेस्ट खेलाडी’ अवार्ड

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २४, काठमाडौं । ‘इएसपीवाई बेस्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर’ अवार्ड अर्जेन्टिना एवं बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जितेका छन् । अमेरिकी स्पोर्ट्स अनलाइनल संस्था इएसपीएनले समर्थकको मतका आधारमा प्रदान गर्ने यस अवार्ड मेस्सीले जितेका हुन् ।

मेस्सीले यस अवार्डको मनोनयनमा परेका युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो, लिभरपुलका भर्जिल भान डाइक र पीएसजीका केलियन एमबाप्पेलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

समर्थकले मेस्सीलाई सर्वाधिक मन पराए । गतवर्ष यस अवार्ड रोनाल्डोले जितेका थिए । मेस्सीले हालै मात्र युईएफए वर्ष खेलाडी फरवार्ड जितेका थिए । मेस्सी, भान डाइक र रोनाल्डो फिफा बर्ष खेलाडी अवार्डको पनि दौडमा छन् ।

प्रतिक्रिया दिनुहोस