देउडा गायक साउँदको ‘साँगीतिक यात्रा विशेष’

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ६ मिनेट

असोज ०९,सुर्खेत । डोटीको दिपायल सिलगढी नगरपालिकाको एक बस्तीमा जन्मिएका हुन गायक ‘शेर साउँद’। सामान्य परिवारमा हुर्केका साउँद वालापनदेखिनै गीत सँगीतमा औधि चासो राख्ने । स्कुल जाँदा होस या गोठालो जाँदा होस उनको जिब्रोमा गीतसँगीत झुण्डिरहन्थे ।

सानै उमेर देखि गीत सँगीतमा चासो राख्ने साउँदले २०५९ सालका एसएलसी उतिर्ण गरे । एसएलसी पास गरेपछि साउँदे साँगीतिक क्षेत्रमा प्रवेश गरेका हुन । यसैमा सँस्कृतिको धनि सुन्दर सुदर पश्चिममा जन्मिएका उनी देउडागीति एल्वमबाटनै साँगीतिक फाँटमा आएका हुन । साउँदले पहिलोे ‘लाहुरेको जिन्गी’ बोलको देउडा गीत रेकर्ड गरेका थिए ।

पहिलो गीत रेकर्ड गरे पनि कारण बस उनले गीत सँगीतलाई भने निरन्तरता दिन सकेनन । पहिलो एल्वममा आफ्नो सँस्कृति जगेनार्थ समाजका यतार्थ कुराहरुलाई गीत मार्फत उतारेका थिए । मेलापात, पाखा, पखेरामा गाई चराउँदाका न्याउली कराउँदाका पल अनि समाजलाई गीत सँगीतमा ढाल्नु कलाकारहरुको खुबी नै हो ,जो साउँदमा पाईन्छ । त्यसपछि भने उनी विस्तापित जस्तै भए । तर पनि गीत सँगीत प्रतिको माया र मन भित्रको आशा कहिलै मार्न नचाहेको उनको भनाई छ । पहिलो गीत रेकर्ड गर्दा युटुवको जमना थिएन । निकै गाह्रो थियोे । अहिले युटुवको जमना छ , गीत  सँगीतका विकृति पनि छ ,उनले भने । त्यतिवेला त्यति सजिलो थिएन ,रहर भएपनि बाध्यताहरु धेरै हुन्थे ।

परिस्थित बस साउँद अहिले नेपालमा छैनन । ७/८ बर्ष देखि रोजगारीको शिलसिलामा भारतको गुजरात छन उनी । नेपालमा पहुँच र पावरवालहरुको विकविकी र सोझा साझा ,समान्य मान्छेहरुले केहि गर्न नसकिँदो रहेछ, उनी भन्छन, समान्य मान्छेलाई कुनै पनि क्षेत्रमा अघि बढ्न निकै चुनौति छ,नेपालमा । पहिलो पटक भारतको गुजरात राज्यको एक रेष्टुरेण्डमा काम गरेँ  ।  करिब २ बर्ष पछि रेष्टुरेण्ड म्यानेजर भएर काम गरेको उले सुनाए । जसो तसो समयको सदुपयोग गरेर आईटी पढ्थे ।

काम सँगै केही समयको सदुपयोग गरेर आईटी पढ्ने गर्थे र अहिले देभ ईन्फरमेशन टेक्नोलोजि भन्ने ठुलो कम्पनीमा आईटी विधाको काम गर्छु ,उनले भन्छन जीन्दगी सोचे जस्तो हुँदो रहेनछ । जहाँ जस्तो अबस्थामा भएता पनि गीत सँगीत भने मन भित्रबाट कहिले पनि बाहिर जानै चाहेन । मन भित्रको गीत सँगीतको वहावलाई कसले छेक्न सक्दैन ,उनी भन्छन । विदेशमै भएपनि साउँद २०७३ सालपछि फेरी गीत सँगीतको दुनियामा उदाउँदा नक्षत्रको रुपमा आए । लामो समय विश्राम पछि भारतबाट नै ‘जन्म्या भुमि’ नामक सबैका आँखा रसाउने लोक देउडा गीत साँगीतिक बजारमा ल्याए । जुन गितम प्रदेश बस्नुको पीडा र प्रदेशीजीवन कस्तो हुन्छ ? भन्ने सँदेश सहित जन्म दिने आमा ,जन्मिएको माटो प्रति अनि आफ्नो जीवन सँगीनि बीचको संवादलाई केलाईएको छ ।

.केटा
     अनुहार हेर्न पाउँ आमा म आयाँ सारा सन्सारै घुमि
पैतलि छुन पाउँ कठैहो कठै स्वर्गै रैछ मेरो जन्म्या भुमि ।

    आमा तिम्रा कोख जन्म म आयाँ सारा सन्सारै घुमि
    म फरी लिन पाउँ कठैहो स्वर्गै रैछ मेरो जन्म्या भुमि ।।
     केटी,,
     मुटुहै कलेजि छुटउ शाही आया सारा सन्सारै घुमि
   धड्कनलाई भै सास कठैहो कठै स्वर्गै रैछ मेरो जन्म्या भुमि ।
                                                                                                                                                                                             फेरी भेट्न पाउँला भनि शाही आया सारा सन्सारै घुमि
                                                                                                 म लागेकी आश कठैहो कठै स्वर्गै रैछ मेरो जन्म्या भुमि ।

उक्त गितमा रहेका कारुणीक शब्दले आँखा सबैको मनमा भावुक्ता प्रदान गर्छन । गीतमा अहिलेकी चर्चित देउडा गायीका रेखा जोसिले साथ दिएकी छन । हुनत देउडा गीत भनेको मध्य तथा सुदुर पश्चिम प्रदेशमा प्रचलित भाका हो । देउडा गीतलाई यहाँको सँस्कृति पनि भन्ने गरिन्छ ।  देउडा गीत पश्चिम नेपालका मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्य प्रदान गीत पनि हो । बुढापाकाहरु अझै पनि मेला ,पर्व विवाह लगाएतमा केटा केटी मिलेर गोलो घेरामा दुबै तिरबाट गित दोहोरी र पैतला मिलाई खेलिने गर्छन । तर ,पछिल्लो समय देउडा गीत एकदमै कम   मात्रामा चल्ने गर्दछ ।

अहिलेका युवा पुस्ताको माग अनुसार नै देउडाका भाका पनि परिमार्जित हुँदै गएका छन, गायक साउँद भन्छन । अहिले डिजे लोक देउडा भनेर गीतहरु बजारमा आए पनि अस्सली देउडाको लोक भने नपाईने गरेको साउँदको भनाई छ । समय अनुसार देउडाको धारलाई बदल्नु पर्ने कतिपय कलाकर्मिहरु भन्ने गर्दछन । साउँद भने, अहिलेको डिजे गीतहरुले नै देउडा भाका मारमा परेको बताउँछन । तर पनि मध्य तथा सुदुर पश्चिममा लोक देउडाका भाकाहरु अझै अग्र स्थानमा छन ।

साउँदका सँख्यातमक हिसाबले हेर्ने हो भने थोरै गीतहरु भएपनि उनका गीत सँगीतमा नेपालीपनत्व रहेको छ । उनका थुप्रै सिर्जनाहरु अरु कलाकर्मिहरुले पनि गायका छन । उनी गायक मात्र हैनन एक शब्द लेखक तथा सँगीत पनि आफै भर्ने सर्जक पनि हुन । गहिरो भावबाट साउँदका सिर्जनाहरुमा आफ्नो जन्मभुमि प्रतिको माया र स्वाभिमानको करुणालाई दर्शाइएको पाईन्छ । थोरै गित भए पनि एकदमै राम्रो उत्कृष्ट गित रेकर्ड गरेका छन ,साउँदले ।                                                                                                                                                                                    

साउँदले केहि समय पहिले मात्र ‘हाँसियल शाही बोलियल शाही झ्याँईकुटी बाजा बजाउँला तेराई घरलाई ’बोलरहित मोडन देउडा  डान्सिङ्ग गीत पनि बजारमा ल्याए । जुन गीत अहिलेको पुस्तालाई पचेको छ ,उनी भन्छन तर म भने त्यति सुन्तिुष्टि छैन । रहरले गरेको हुँ । तर पनि गीतमा नेपाली समाज भित्रका , अनि सुदुर पश्चिम प्रदेशका विभिन्न जिल्लाहरुका पर्यटकीय क्षेत्र अनि ठुला शहरहरुको चर्चा छ ।  जहाँ भए पनि नेपाली लोक देउडाबाट पर रहन सक्दीन साउँद भन्छन समय अनुसारनै गीतहरुको सिजर्नना गरिरहनेछु । मलाई लाग्छ । म समय अनुकुल र सँंस्कृति परक गीत ल्याउँदै जानेछु । गीत संगीत मेरो लागि सुःख दुःख बिसाउने चौतारी हो उनी भन्छन । यो चौतारिको मुल्याङकन कसैले गर्न सक्दैन जो अपरम्पार छ । अहिले विभिन्न कलाकर्मिहरु आफ्नो मौलिक्ता कला सँस्कृति भाषा र पहिचानको त्यति ख्याल नगरेरै गीतहरु बजारमा ल्याएका हुन्छन ।

जुन गीतले नेपाली लोक , देउडा भाकाहरुको मर्मलाई पछाडि धकेलेको छ । नेपाली साँगीतिक बजारमा देउडा भाकाको मर्मलाई मर्न दिनुहुन्न भन्ने साउँदको मान्यता छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस