प्रकाश सपुतको तिहारको गीत सार्वजनिक (हेर्नुहोस भिडीयो)

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ४, काठमाडौं ।कलाकार प्रकाश सपुत अभिनित तिहारको गीत सार्वजनिक भएको छ । गीतमा सपुतले ड्रग्सको कुलतमा फसेको एक व्यक्तिको अभिनय गरेका छन । सपुतको दिदीको रुपमा कलाकार सरिता लामिछानेले भूमिका निर्वाह गरेकी छिन ।

गायक रामकृष्ण ढकालको स्वर रहेको गीतमा रमेश बिजीको शब्द तथा बिबि अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ । संकर बिसीले निर्देशन गरेको गीतको भिडियोलाई नविन घर्तीमगरले सम्पादन गर्नुभएको हो । टीका माला बोलको गीतले तिहारमा दिदी बहिनी तिहारमा नआउँदाको पिँडालाई दर्शाउँन खाजेको छ । (हेर्नुहोस भिडीयो)

 

प्रतिक्रिया दिनुहोस