दरिलो संभावना : सयपत्री फुलको खेती

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • गोबिन्द पौडेल / इलाम, रोङ

कातिक ७, इलाम । किसानले परिक्षण खेती सफल गरेको सयपत्री फुलको खेती सफल भएपछि आम्दानीको अर्को संभवना देखिएको छ । फुलहरुको पर्व तिहारमा मात्र वर्षेन करोडौ मुल्यको फुलको आयात भइरहेको बेलामा इलामको रोङ गाउपालिका वडा नं ४ भालुझोडाका किसान मेनुका राइले परिक्षणको लागि रोपेको एक गरा सयपत्रीे अहिले ढकमक्क फुलेको मात्र छैन यसले आगामी बर्षहरुमा फुलको खेती सहज रुपमा गरेर आम्दामी गर्न सकिने संभावना पनि देखाएको छ ।

 

अहिले बारी र करेसामा ढकमक्क फुलेको सयपत्री फुलको बारेमा आफुलाइ केही ज्ञान नभएको भएपनि रोङ गाउपालिकाको अध्यक्ष समसेर राइले सयपत्री फुलको खेती गर्दा रामै हुनसक्ने बताउदै बिउसमेत किनेर ल्याइ रोप्न लगाएको र अहिले त्यही फुल ढकमक्क फुलेपछि यसको संभवना देखिएकोले आगामी बर्षदेखी व्यवसाहिक खेती गर्ने सोच राखेको किसान मेृनुका राइले बताए ।

रोपेको ९० दिनमा फुलाउन सकिने सयपत्री फुलको बारेमा आफुले सुनेपछि रु ४६ सय ५० मा ५ ग्रामको एकपोका बिउ इलामबाट आफ्नै पैसाले किनेर ल्याएर नर्सरी गराएर एक तिहाइ बिरुवा मेनुकालाइ रोप्न लगाएको र अन्य बिरुवाहरु थोरै थोरै अरुलाइ नै बाडी दिएको भएपनि मेनुकाको मेहनत सफल भएको आफुलाइ लागेको अध्यक्ष राइले बताए । रोपेको ९० दिनमा फुलाउन सकिने ५ ग्रामको यस प्रजातीको फुलको दल १ हजार बिरुवा हुने भनिएको भएपनि ६ सय बिरुवा हुने र नर्सरी राखेर बेर्ना सारेपछि तेश्रो पटकमा बारीमा रोपिने साथै बिरुवा ४५ दिनको भएपछि मुन्टा चुडाएर एक बिरुवालाइ २ वटा बनाएर रापेमा सबै फुलहरु समान
रुपमा फुल्ने र बिरुवा पनि दोब्बर हुने भएपनि परिक्षणमा यो सबै कार्य गर्न नसक्दा फुलेका फुलहरु एक साइजको नभएको अर्का किसान हरि बुढाथोकीले बताए ।

एक बोटबाट सामान्यतय एक सय मात्रै आम्दाकी गर्ने हो भने ५ ग्राम बिरुवाबाट ३ महिनामै एकलाख जति सजिलै बमाउन सकिने संभावना रहेको र मेची रार्जमार्गको किनारमानै राखेर पनि सजिलै बेच्न सकिने भएकोले परिक्षण नै प्रेरण हन सक्ने गाउपालिकाको उपाध्यक्ष चन्द्रकला राइले बताए ।

वर्षेनि नेपालको ब्यापारघाटा बढी रहेको र युवाहरु बेरोजगार भएको कुरा आइरहदा हरेक युवाहरुले यस्ता कार्यहरुबाट प्रेरण लिनसके स्वरोजगार र आत्मानिर्भर हुन सकिने संभावना रहेको उपाध्यक्ष राइको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस