दाङ प्रहरीले लमहीबाट ७ लाख बराबर नगद सहित ८ जुवाडेहरु पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा

कात्तिक ११, दाङ । दाङ प्रहरीले देउखुरीको लमही बजारबाट ६ लाख ७८ हजार ५ सय रूपैया नगद सहित ८ जुवाडेहरु पक्राउ परेका छ । आइतवार राती १ बजेको समयमा लमही नगरपालिका वडा नम्बर ५ लमही बजार बस्ने बर्ष ४८ का रत्नप्रसाद श्रेष्ठको घरमा जुवातास र कौडा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय लमही दाङबाट खटिएको प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले रत्नप्रसाद श्रेष्ठ सहित ८ जना जुवाडेहरुलाई १३ गड्डी नखोलेको तास, ३ गड्डी खोलेको तास, कौडा थान ३२ र नगद रकम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिएका छन । पक्राउ पर्नेहरूमा लमही नगरपालिका वडा नम्बर ८ का ४१ वर्षिय प्रकाश खड्का, सोही बस्ने ५५ वर्षिय कर्णबहादुर बुढाथोकी, वडा नम्बर ३ बस्ने ५५ वर्षिय अमरबहादुर तमाङ, वडा नम्बर ६ बस्ने ५२ वर्षिय भिविराज किरात, सोही ठाउँ बस्ने ३४ वर्षिय खिम पुन, वडा नम्बर ५ बस्ने ५५ वर्षिय मुकेश चौधरी र सोही ठाउँ बस्ने ४० वर्षिय अशोककुमार खड्का रहेका छन् ।

उनिहरुलाई मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को (जुवा सम्वन्धि) कसुरमा मुद्दा दर्ता भई आवश्यक कारवाही अगाडी बढाइने दाङ प्रहरी प्रमुख एसपी भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस