Banner News मनोरन्जन समाचार समाज

भुवन केसी अब भिलेन

कात्तिक १९, काठमाडौं । सदावहार अभिनेता भुवन केसीलाई भिलेनको रुपमा पनि देख्न पाइने भएको छ । कार्तिकको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मिस्टर नेपाली’ मा उनी भिलेनको रुपमा देखिन लागेका हुन् ।

bhuwan kc

फिल्ममा भुवन बाबु र छोरा दुबै भूमिकामा देखिँदैछन् । दर्शकले ‘मिस्टर नेपाली’ मा आफूलाई नायक नभएर खलनायकको रुपमा पाउने भुवनले बताए । ‘मेरो भिलेन रुप दर्शकका लागि नौलो स्वाद हुनेछ,’ उनले थपे ।

देव भुषालको निर्देशन रहेको फिल्ममा भूवनको अलवा साहिल श्रेष्ठ र कुसुम राउतको समेत मुख्य भूमिका छ ।

कमेडी, प्रेम र देशप्रेमको विषय समेटेको यो फिल्म प्रेमराज दाहालले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *