• २०८१ बैशाख १४ गते शुक्रवार

गरे काम असम्भव के छ र ?

पढ्न लाग्ने समय : ४ मिनेट
  • खिमराज गिरी

भनिन्छ नि “लाज मानेर काज हुन्छ र अनि” लंकामा सुन छ कान मेरो वुच्चै वास्तवमा संसारका कतिपय मुलुकहरु छोटो अवधिमा नै समृद्धि र विकासको गतितिर लम्किसकेका छन् । एशिया, युरोपियन र अमेरिकी राष्ट्हरुको त कुरै छोडौ कतिपय अफ्रिकी राष्ट्हरु पनि छोटो अवधिमा नै विकासको गतिमा धेरै अगाडि वढिसकेका छन् जस्तै साउथ अफ्रिका, युगाण्डा, नाइजेरीया आदि ।

प्रसंग राखौ नेपालको । नेपाल एउटा अनेक जात जाती, भाषा भाषी, धर्म, संस्कृति, परम्परा, रीति रिवाजमा विविधता भएता पनि सामाजिक सद्भाव र एकतामा सामिप्यता राख्न सफल राष्ट्कोरुपमा संसारमा परिचित छ र विगतका केहि वर्ष सामाजिक सद्भावलाई खलल पार्ने किसिमका अनेक प्रयत्नहरु पनि भए, अनि विगतका शासकहरुले निरकुंशतन्त्रको जरा पनि गाडे तर नेपाली जनता शिक्षीत हुँदै गइरहेको कारणले पनि समय समयमा राजनैतिक परिवर्तन भइ नै रह्यो र जसले गर्दा देस र जनहितका कामहरु क्रमश हुँदै रहे तर अहिले वर्तमान अवस्थासम्म आइपुग्दा कयौं नेपाली वीर वीरगंनाहरुको रगतको होली खेलियो, अनि कयौं वालवालीकाहरु टुहुरा भए, कयौ नारीहरुको सिँउदोको सिन्दुर खोसियो तै पनि संसारमा वीर गोर्खाली भनेर चिनीने नेपालीहरुले देसको लागि परिवर्तनका रेखाहरु कोर्न पछि हटेनन् र हामी आजको यस स्थितिमा आइपुगेका छौं । हाल देसमा राजनीतिक स्थायित्व कायम भएको छ, विभिन्न क्षेत्रमा सुधारका संकेतहरु देखापर्न थालेका छन्, तै पनि हामी नेपालीहरुको कमजोरी के भइदियो भने हामीले हाम्रो देसमा भएका जल, जंगल, जमीन, जनावर, जडिबुटीको सहि सदुपयोग गर्न नसक्दा अरबका खाडीहरुमा भेडा वाख्रा चराउन र त्यहाँको मरुभूमीलाई उर्वरा खेतियोग्य जमिनमा परिवर्तन गरी अति निम्नतम ज्यालामा वस्न बाध्य भयौं तर हामीले हाम्रो माटोको महत्वलाई अझै पनि बुझ्न सकेनौं ।

नेपाल कृषि प्रधान देस भनिन्छ, तर तराईका फाँटको त कुरै छोडौ पहाडका कुना कुना र बस्ती बस्तीमा पनि खेत वारीमा वाली लगाउन र थन्क्याउन, भएका फलफुलहरुको वजारीकरण गर्न, जंगलका जडिबुटीहरु खोज्न, काठ मिलहरु राखी काम गर्र्न, पालेका पशुपंक्षीहरुको वेच विखन गर्न, हाम्रा घरमा खेर गइरहेका कपडाको सिरक डसना वनाउन, चना चटपटे वेच्न, कपाल काट्ने व्यवशाय गर्न, हरेक सामानहरुको व्यापार गर्न, आदि इत्यादि हरेक कामको लागि भारतका कुना कुनाबाट मजदुरहरु आउँछन् र हाम्रो आम्दानीका श्रोतहरु सवै वोरामा हालेर लैजान्छन तर हाम्रा प्रायः युवाहरुलाई भने यस्ता काम गर्न लाज लाग्छ र तास खेलेर दिन विताउनमा नै व्यस्त हुन्छन् उता भारतीय युवाहरु भने चना चट्पटे वेचेर नै हामीले त घर बनायौं अनि अव एक दुई वर्षमा जग्गा पनि किन्नु पर्दछ भन्छन् ।

ंतसर्थ यो संसारका प्रायः देसहरु त्यसै धनी भएका होइनन् । देस धनी हुनको लागि त्यो देसका नागरिकहरुलाई श्रमको सम्मानवारे तालिम दिनुपर्दछ , समाजमा जुन काम गरेपनि मान्छे सानो हुँदैन र आफ्नोयोग्यता र क्षमता अनुसारको काम गर्नलाई लाज नमानी चासो र लगाव राख्ने हो भने हामीमा भएको श्रम, र हाम्रो धन सम्पती अरु देशमा जादैन अनि हामी आफैमा आत्मनिर्भर हुन्छौं । हरेक काममा लाज मान्नु हुँदैन भन्ने उदाहरणको लागि डेनमार्कका सरकार प्रमुख एयरपोर्ट गेटमा जाँदा खाइरहेको कफि अचानक पोखियो र त्यो पोखिएको कफि उनी आफैले सफा गरे अनि अरु कामदारहरु दंग परे तसर्थ हामी नेपालीलाई बाह्र कक्षा पास गर्नसाथ कलम चलाउने जागिर खानै पर्ने अनि विदेसमा गएर महिनाको वीस हजार तलव खानको लागि जुन काम गर्न पनि तयार हुने तर नेपालमा भएका असंख्य रोजगारीका अवसरहरुलाई वेवास्था र लाजको पोकामा लुकाएर राख्ने अनि विगतका सरकारहरुले पनि युवा भनेका रेमिटेन्स भित्राउने माध्यम हुन् यहाँ किन रोजगारीका अवसरहरु जुटाउने भन्ने जस्तो धारण राखेको कारणले गर्दा पनि आज देशको अवस्था यस्तो भएको हो तसर्थ यो सरकारले पनि यस्ता थुप्रै रोजगारीका अवसरहरु सिर्जना गरी विदेसीएका युवा जनशक्तिलाई कसरी र कुन माध्यमबाट स्वदेसमा नै रोजगारीका अवसरहरु जुटाउन सकिन्छ भन्दै हरेक युवाहरुलाई जुनसुकै कामप्रतिको लगावमा तत्परता र व्यवहारमा नैतिकताको पाठ सिकाउदै सन १९४५ ताका नेपाल भन्दा पनि अति अविकशित मुलुक स्वीटजरल्याण्ड आज कहाँ पुग्यो त्यस्ता अनेकौं राष्ट्हरुको प्रगतिलाई मध्यनजर राख्दै “गरे काम असम्भव के छ र ! भन्ने युक्तिलाई पनि आत्मासाथ गर्न सक्यो भने हाम्रो जस्तो अति साधन र श्रोत भएको देसको विकास हुनको लागि केहि समय पनि लाग्दैन तर वदल्नु पर्दछ तपाई हाम्रो सोच अनि सँधै सकारात्मक दिशातिर लाग्नुपर्दछ तपाई हामीले हाम्रो दिमागलाई ।

अन्यथा सँधै सानो कामको लागि पनि सरकारको मुख ताक्ने र केहि असहज वातावरण पैदा भयो भने सो समस्याको समाधानको आषधि त धैर्यता नै हो तापनि धैर्यताको वाँधै टुटाई नारा र जुलुसमा “अर्थ न वर्थ गोविन्द गाई” भनेजस्तो कयौं दिन विताइदिने प्रवृत्तिले गर्दा बल्ल बल्ल सम्पूर्ण राजनीतिक दलहरुको साझा प्रयासले राजनैतिक स्थायित्वको खुड्किलो पारगरेको यस मुलुकको आर्थिक र सामाजिक विकासको लागि यो सुवर्ण अवसरलाई सवैले चुनौतिको रुपमा लिनुपर्ने हुन्छ तव मात्र समृद्ध नेपाल, सुखि नेपालीको नारा सार्थकतामा परिणत हुनसक्छ । अनि भन्न सकिन्छ कि गरे काम असम्भव केहि पनि छैन ।

मध्यनेपाल नगरपालिका २,
लमजुङ्ग
हाल काठमाण्डौ ।

प्रतिक्रिया दिनुहोस