प्रदेश १ मनोरन्जन समाचार

चलचित्र महोत्सवको लागि किम्फ ले छान्यो २१ उत्कृष्ट चलचित्र

  • विनोद दर्नाल, खबर24नेपाल

कार्तिक २१, धरान । कार्त्तिक २९ गते देखी मङ्सिर २ गते सम्म धरान मा हुने अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरिने ३ स्विस सहित १८ वटा उत्कृष्ट नेपाली चलचित्र किम्फ ले छनोट गरेको छ । विश्वमा फिल्म फेस्टिबल आयोजना गर्ने मध्य किम्फ उत्कृष्ट २० मा पर्दछ ।

प्रदेश नम्वर १ सरकारको आयोजना धरानमा हुन लागिरहेको चलचित्र महोत्सवका लागि एक बर्ष अगाडि नै ४४ चलचित्र बाट महोत्सवमा प्रदर्शनका लागि उत्कृष्ट १८ छानिएको हिमालय एसोसियसनका प्रोजेक्ट कोर्डिनेटर राजेन्द्र रिमाल ले जानकारी दिनु भयो । महोत्सवमा प्रदर्शन हुने सबै चलचित्र उत्कृष्ट रहेकोले सबै दर्शकले मन पराउने उहाको भनाइ थियो । उक्त दिन ३ वटा स्विस चलचित्र सहित नेपाली चलचित्र झोला , नुमाफुङ्ग, सुनकली लगायत का चलचित्र हरु प्रदर्शन हुनेछन ।

प्रदेश १ सरकार मुल आयोजक तथा धरान उपमहानगरपालिका र स्विस बिकास नियोग आयोजक र सुनसरी उधोग बाणिज्य संघ सहयोगि रहने चलचित्र महोत्सव को व्यवस्थापन हिमालयन एशोसियसन ले गरेको छ भने प्रदेश १ का माननीय मुख्यमन्त्री शेरधन राइको अध्यक्षतमा निर्देशक समिती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्की को अध्यक्षतमा मुल आयोजक समिती र प्रदेश सरकारका मुख्य सचिव को सुरेश अधिकारीको संयोजकत्वमा व्यवस्थापना समितीलाई सहयोग गर्न चलचित्र निर्देशक बिजय सुब्बा को संयोजकत्वमा चलचित्र छनोट तथा सहयोग समिती समेत गठन भै महोत्सवको तयारी तिव्र रुपमा अगाडि बढिरहेको छ ।

यही कार्त्तिक २९ गते उद्घाटन हुने महोत्सव मङ्सिर २ गते सम्म ४ दिन चल्नेछ । कार्त्तिक २९ गते देखी धरान स्थित सभागृह मा दर्जनौ चर्चित सिनेकलाकार , चलचित्रकर्मी को उपस्थितीमा बिभिन्न उत्कृष्ट चलचित्रहरु निशुल्क हेर्न पाउने छन । सो अवसरमा प्रदेश १ मा रहेर चलचित्र क्षेत्र र कलाक्षेत्र लाई योगदान गर्ने १५ जना कलाकार हरुलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष हिक्मत कुमार कार्कीले जानकारी दिनु भयो । यो महोत्सव प्रदेश कै गरिमासँग जोडीएको हुनाले यस्लाई सफल बनाउन सबै प्रदेशवासी लाग्नु पर्ने मन्त्री कार्कीको जोड रहेको छ । चार दिन सम्म चल्ने महोत्सवमा दैनिक रुपमा ३ वटा फिल्म हरु प्रदर्शन गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *